रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो ।

प्रवक्ता मनिष झाले भने-

-तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ ।

-रुजुपछि आयोगले नै सार्वजनिक गर्नेछ ।

-आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन ।

-क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *