युवकको हत्यापछि बोरामा हालेर इनारमा फालियो शव
६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव भेटिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ घर भएका केशवराज हायुको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार
- हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा केशवराजको शव फेला परेको हो ।
- पुस २ गते शव फेला परेको हो ।
- केशवराज ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए ।
- पछिल्लो समय उनी वैदेशिक रोजगारीका लागि बुल्गेरिया जाने तयारीमा थिए ।
- आफू विदेश जाने भएपछि केशवराजले रोल्पाका दीपक थापा मगरलाई आफ्नो तरकारी फार्म बेचेका थिए ।
- मंसिर २४ देखि केशवराज सम्पर्कमा नआएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए ।
- पुस २ गते इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा शव फेला परेको हो ।
- टाउकोमा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।
- उनको खुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको छ ।
- हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
- घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
- पोस्टमार्टमका लागि शव पाटन अस्पतालमा छ ।
तस्विर: AI को सहयोगमा