धरौटीमा छुटे गायक बाबुल गिरी
५ मंसिर २०८२ शुक्रबार, काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी (धनबहादुर) धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी बुधबार हिरासतबाट छुटेका हुन् ।
गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले बाबुलमाथि अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बाबुलले ‘नितुको आत्महत्यामा आफू जिम्मेवार रहेको’ स्वकारोक्ति बयान दिएका थिए ।
प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरे । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनायो ।
बाबुलकै अनामनगरस्थित स्टुडियोमा नितुले आत्मदाहको प्रयास गरेकी थिइन् ।
कात्तिक १ गते अनामनगरस्थित बाबुलको स्टुडियोमा नितुले आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् । उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते मृत्यु भएको थियो ।
यो पढ्नुभयो ?