गायिका नितुद्वारा स्टुडियोमै आत्मदाह प्रयास

१ कार्तिक २०८२, काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् ।

शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।

अन्दाजी ३० वर्षीया गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी हुन् ।

आगो लागेकै अवस्थामा प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित जलन उपचार लगेको छ ।

घटनाको कारण खोजी हुने र कोही दोषी भए कानूनी कारवाही हुने प्रहरीले बताएको छ ।

नितुसहित अर्का एक युवक पनि घाइते भएका छन् ।

उक्त स्टुडियो गायक बबुल गिरीको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *