नेता मोहम्मद अफताब आलमको मृत्यु
२२ कात्तिक २०८२ शनिबार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो।
सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शवलाई आज बिहान एम्बुलेन्समार्फत रौतहट लगिएको छ।
अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।