सार्वजनिक कार्यक्रममा बालेन

२१ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ ।

सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको हो ।

केही दिनअघि मात्रै सो मन्दिरमा ब्रह्माको मूर्ति पुन:स्थापना गरिएको थियो ।

सो ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा थियो ।

मन्दिर उदघाटन कार्यक्रममा मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *