२०८२ को धेरै कमाउने नेपाली फिल्म

२१ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ २०८२ सालमा (कात्तिकसम्म) सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

२६ बैशाखमा रिलिज भएको विपिन कार्की स्टारर ‘ऊनको स्विटर’को कूल ब्यापारलाई उछिन्दै सुयोग गुरुङ निर्देशित पर्वतीय ड्रामाले उत्कृष्ट कमाइ गरेको हो ।

शुक्रबार मध्यान्हसम्म सिनेपाः बक्सअफिसमा ‘जेरी अन टप’ को कमाइ ११ करोड ५३ लाख नेरु ग्रस छ ।

‘ऊनको स्विटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख नेरु ग्रस थियो ।

‘जेरी अन टप’ १० करोड ग्रस कमाउने अनमोलको पहिलो फिल्म समेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *