थापाथलीमा महानगरको डोजर

१४ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना भत्काएको छ ।

महानगरपालिकाको टोलिले शुक्रबार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना भत्काएको हो ।

सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएपछि महानगरले खाली गर्न भनेको थियो ।

तर, संरचना यथावत् रहेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको छ ।

गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले पनि महानगरको सहयोग मागेको थियो ।

महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *