खगेन्द्रलाई धरौटीमा छोड्न आदेश

१३ कात्तिक २०८२ बिहीबार, काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

खगेन्द्रलाई अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएको थियो ।

खगेन्द्र बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

खगेन्द्रले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा मनिषाले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् ।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा खगेन्द्रको नामसमेत सिफारिस भएको थियो ।

उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *