जाँचबुझ आयोगको सचिवालयमा नेतृत्व परिवर्तन

९ कात्तिक २०८२ आइतबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सचिवालयको नेतृत्व फेरबदल गरेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको सचिवालयमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमालले नेतृत्व गरेका थिए ।

अहिले उनको ठाँउमा प्रकाश पौडेललाई सरुवा गरिएको हो ।

सरकारले हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरेको छ भने बाराका प्रमुख जिल्ला अधिकारी पौडेललाई आयोगको सचिवालयको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको हो ।

जाँचबुझ आयोगको सचिवालयमा सरकारले एकजना सहसचिव, एक उपसचिव काजका लागि खटाएको छ ।

जाँचुबझमा सहयोग गर्न प्रहरी र सरकारी वकिल समूहका कर्मचारीहरू पनि खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *