दुर्गासँग सीडीओ र प्रहरी प्रमुखको छलफल
९ कात्तिक २०८२ आइतबार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले छलफल गरेका छन् ।
छठपछि प्रसाईंले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज आइतबार प्रसाईंलाई बोलाएर छलफल गरिएको काठमाडौंका सीडीओ इश्वरराज पौडेलले बताए ।
छलफलमा तीनै जिल्लाका सीडीओहरु र तीनै जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थित रहेको थियो ।
प्रसाईंले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरुमा प्रसारित विषयमा पनि छलफल भएको पौडेलले बताए ।