‘म जहाँ पनि जान्छु, कसले थुन्छ हेरौंला’

१ कार्तिक २०८२, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् ।

उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने

  • चुनाव गराउने रे ! झापा मेरो घर जलाइयो, जान नपाउने । साँगा कटेर जान नपाउने रे !
  • म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु ।
  • के कानुनले समाउँछ, के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ ।
  • जथाभावी गर्ने ? मनपरी गर्ने ?
  • मौखिक आदेशले जे पनि गर्छ ? हदबन्दी गर्ने ।
  • दलहरूलाई चुनावमा जान नदिने । अनि फागुन २१ मा चुनाव गर्ने वाह ?
  • हामी कमजोर हुतिहारा होइनौं ।
  • अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर चुनावको बुथमा आउने अवस्थामा चुनाव हुँदैन ।

ओलीको चुनौती

ओलीले २००७ सालपछिका सबै छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताएका छन् ।

००७ साल, ०४६ साल र ०६२/०६३ साल जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको बताए ।

उनले भने-

सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं ।

६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’

‘दिनै पिछे दिनै पिछे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने ? कसरी झुटा मुद्दा लगाउने ? भनेर बैठक बसेर बन्छ देश ?

केमा मुद्दा लाउनु हुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ कारण छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *