‘सरकारले षड्यन्त्र गरेर मलाई थुन्न खोज्दैछ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेको बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको बताए।
उनले भने, ‘यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।’
माइती बनेर आउन पर्दैन
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई जवाफ समेत फर्काए ।
ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए ।
उनले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंगित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु, ‘जब उहाँ असजिलो अवस्थामा हुनुुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’