अनमोलको लामो फिल्म

अभिनेता अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ।

यो फिल्म अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ।

यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५५ मिनेट) तोकिएको छ, जुन सामान्यतयाः नेपाली फिल्मको औसत लम्बाईभन्दा बढी हो।

यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो।

यसअघि ‘ड्रिम्स’ उनको सबभन्दा लामो फिल्म थियो।

जसको रनटाइम २ घण्टा ४६ मिनेट थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *