अष्ट्रेलियाका शर्टले लुम्बिनीबाट खेल्ने
अष्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
लायन्सले आज सामाजिक सन्जालमार्फत डार्शीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
बाँयाहाते ओपनिङ ब्याटर डार्शी अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका छन् ।
डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२०आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
उनले अष्ट्रेलियाका लागि २३ टी–२०आईमा ६४२ र ८ ओडिआईमा २११ रन बनाएका छन् ।
डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।