टेलर स्विफ्टको एल्बमले रच्यो इतिहास

अमेरिकी पप गायिका टेलर स्विफ्टले आफ्नो १२औं स्टुडियो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ मार्फत आधुनिक सङ्गीत इतिहासमै सबैभन्दा ठूलो रेकर्ड राख्न सफल भएकी छिन् ।

एल्बम रिलिज भएको पहिलो हप्तामै अमेरिकामा ४० लाख २ हजार युनिट विक्री भएपछि यो रेकर्ड बनेको हो ।

डेटा विश्लेषण कम्पनी लुमिनेट‍का अनुसार सन् १९९१ मा ट्र्याकिङ सुरु भएयता पहिलो हप्ताको यो सबैभन्दा ठूलो विक्री हो । यससँगै यसअघि कामय भएको एडेलेको यो रेकर्ड तोडिएको छ ।

सन् २०१५ मा एडेलेको एल्बम ‘२५’ पहिलो हप्तामा ३३ लाख ७८ हजारप्रति विक्री भएको थियो ।

त्यस्तै बिलबोर्डमा पनि स्विफ्टले नयाँ रेकर्ड बनाएकी छिन् । नयाँ एल्बमको सफलतासँगै स्विफ्ट बिलबोर्ड २०० मा १५ वटा नम्बर १ एल्बमसहित सर्वाधिक नम्बर १ एल्बम हुने एकल कलाकार बनेकी छिन् ।

यसअघि उनी ड्रेक र जे-जीसँग १४-१४ नम्बर १ एल्बमको साथ बराबरीमा थिइन् । अब उनी द बिटल्स (१९ नम्बर १ एल्बम) भन्दा मात्रै पछि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *