‘सहकारी ठगलाई कारबाही गर्नैपर्छ’

३० असोज २०८२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् ।

सो छलफलमा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताइन् ।

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *