भीम रावल लगायतको कारबाही फिर्ता गर्न माग

३० असोज २०८२, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।

त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए ।

‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुुनपर्छ,’ बैठकमा रावलले भनेका छन् ।

उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *