नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको थियो ।

कुकुर बेपत्ता छ ।

४२ वर्षीया विमलादेवी रोकाले आफूले पालेको कुकुरलाई नदीमा फालेकी हुन् ।

कुकुरलाई नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार, रोकायालाई बिहीबार (असोज १) गते पक्राउ गरिएको हो ।

विमलाले उक्त कुकुर दुई हप्तादेखि बिरामी भएको र अरू मानिसलाई समेत टोक्न थालेकाले नदीमा फालेको बताएकी छन् ।

बिरामी भएका कारण कुकुरको शरीरको पछिल्लो भागबाट दुर्गन्ध आउन थालेको समेत उनले बताएकी छन् ।

सामान्यतया, खुट्टा नबाँधी फालिएका कुकुरहरू नदी जतिसुकै ठूलो भए पनि पौडिएर बाहिर निस्कने गर्छन् ।

तर, विमलाले पालेको उक्त कुकुर भने हालसम्म फर्किएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *