Categories: ENTERTAINMENT

रिहानालाई नेपाली पानारोमा अवार्ड

२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत नेपाली पानारोमा अवार्ड जितेको छ । ग्रामिण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ ।

यस वर्ष ‘बाल अधिकार’ लाई मुख्य थिम बनाएर महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट एल मिना, उत्कृष्ट फिक्सन सर्ट डन्ट बी लेट माइरा र उत्कृष्ट फिचर लाप्टिनले जितेका छन् । त्यस्तै, अनुस्का अर्याल र कामनाले उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड जितेका छन् ।

नानी सारा वाकरले जुरी मेन्शन अवार्ड जितेकी छिन् । २५ मंसिरदेखि काठमाडौंमा सुरु भएको यस महोत्सवका दौरान २६ दशका ५० भन्दा धेरै फिल्म देखाइएको आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले जानकारी दिए । नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका हलहरुमा चलचित्र देखाइएको थियो ।

महोत्सवका दौरान विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरु उपस्थित भएका थिए ।

कान्स, बर्लिनाले, बुसानलगायत विश्वचर्चित महोत्सवहरुमा प्रदर्शन गरिएका चलचित्रहरु यस महोत्सवमा पनि देखाइएको थियो ।

बजिका भाषाको पहिलो फिचर फिल्म ‘अजुर’, कान्समा पाल्मे डि ओर (लघु चलचित्र) विजेता ‘आइए एम ग्ल्याड यु आर डेड नाउ’लगायत फिल्महरु महोत्सवका दौरान प्रदर्शन गरिएको नेपाल मानव अधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले जानकारी दिए ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

1 week ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago