२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत नेपाली पानारोमा अवार्ड जितेको छ । ग्रामिण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ ।
यस वर्ष ‘बाल अधिकार’ लाई मुख्य थिम बनाएर महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट एल मिना, उत्कृष्ट फिक्सन सर्ट डन्ट बी लेट माइरा र उत्कृष्ट फिचर लाप्टिनले जितेका छन् । त्यस्तै, अनुस्का अर्याल र कामनाले उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड जितेका छन् ।
नानी सारा वाकरले जुरी मेन्शन अवार्ड जितेकी छिन् । २५ मंसिरदेखि काठमाडौंमा सुरु भएको यस महोत्सवका दौरान २६ दशका ५० भन्दा धेरै फिल्म देखाइएको आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले जानकारी दिए । नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका हलहरुमा चलचित्र देखाइएको थियो ।
महोत्सवका दौरान विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरु उपस्थित भएका थिए ।
कान्स, बर्लिनाले, बुसानलगायत विश्वचर्चित महोत्सवहरुमा प्रदर्शन गरिएका चलचित्रहरु यस महोत्सवमा पनि देखाइएको थियो ।
बजिका भाषाको पहिलो फिचर फिल्म ‘अजुर’, कान्समा पाल्मे डि ओर (लघु चलचित्र) विजेता ‘आइए एम ग्ल्याड यु आर डेड नाउ’लगायत फिल्महरु महोत्सवका दौरान प्रदर्शन गरिएको नेपाल मानव अधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले जानकारी दिए ।
६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप…
६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव…
६ पुष २०८२ आइतबार, काठमाडौं । पाकिस्तानले एसीसी यू१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ…
६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका…
३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक…
२८ मंसिर २०८२ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले बङ्गलादेश…