Categories: NEWS

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।

ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

सुनिता केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् ।

सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ । जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पारिन् । उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।

सुनिताले स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा स्वतन्त्र लड्ने तयारी गरेकी थिइन् । पछि उनलाई एमालेले उपमेयरको टिकट दियो । उनी अत्यधिक मतका साथ उपमेयरमा विजयी बनिन् ।

सर्वाधिक मत ल्याउने १० जना

उपाध्यक्षका उम्मेदवारहरू पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले ओलीभन्दा ज्यादा मत ल्याएका छन् । एमाले पदाधिकारीमा सर्वाधिक लोकप्रिय मत गुरुङलाई मिलेको छ । उनले १७३७ मत प्राप्त गरे । यस्तै पौडेललाई १६७५ मत खसेको छ ।

अध्यक्ष ओली १६६३ मतसहित लोकप्रिय मतमा तेस्रो स्थानमा रहे । उनीपछि महेश बस्नेत छन् । सचिवका उम्मेदवार बस्नेतले १५३४ मत प्राप्त गरे ।

त्यसपछि टप टेनमा क्रमशः पद्मकुमारी अर्याल (१५३०), रामबहादुर थापा बादल (१५१६), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३) लेखराज भट्ट (१४५२) र गोकर्ण विष्ट (१३६८) रहेका छन् ।

सचिवमा महेशलाई सर्वाधिक मत

नेकपा एमालेको सचिवमा विजयीमध्ये सबैभन्दा बढी भोट महेश बस्नेतले ल्याएका छन् । १५३४ भोटसहित महेश शीर्ष स्थानमा रहँदा, १५३० भोटसहित पद्मा अर्याल दोस्रो स्थानमा छिन् । त्यस्तै छविलाल विश्वकर्मा, शेरधन राई र हिक्मत कार्की मतका हिसाबले तेस्रो, चौथो र पाँचौ स्थानमा परेका छन् ।

ईश्वर प्यानलका गोकुल बास्कोटा भने १० औँ स्थानमा रहे ।

१. महेश बस्नेत : १५३४- विजयी

२. पद्मा कुमारी अर्याल : १५३० विजयी

३. छविलाल विश्वकर्मा : १५०६ विजयी

४. शेरधन राई : १५०३ विजयी

५. हिक्मत कुमार कार्की : १३३७ विजयी

६. खगराज अधिकारी : १३३१ विजयी

७. यमलाल कडेल : ११८५ विजयी

८. राजन भट्टराइ : ११८१ विजयी

९. भानुभक्त ढकाल : ११०८ विजयी

१0. गोकुल प्रसाद बास्कोटा : १०३० पराजित

ठाकुर प्रसाद गैरे : ८८३ पराजित

रचना खड्का : ८७७ पराजित

कर्णबहादुर थापा : ८४७ पराजित

लाल बाबु पण्डित : ७९६ पराजित

अग्नि प्रसाद खरेल : ७१६ पराजित

विनोद प्रसाद ढकाल : ६८४ पराजित

कृष्ण गोपाल श्रेष्ठ : ६२५ पराजित

पेम्वा लामा : ४९३ पराजित

पुर्सोतम पौडेल : ४६२ पराजित

इन्द्रलाल साप्कोटा : ४०५ पराजित

विष्णु रिमाललाई केन्द्रीय सदस्यमा पनि पत्याएनन्

नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।

सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सबैभन्दा कम उमेरका २ जना युवा महिलाले जितेका छन् । ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम लोकप्रिय मतसहित निर्वाचित भएका हुन् ।

दुवैजना खुला महिला क्लस्टरबाट उम्मेदवार भएकामा थापाले सर्वाधिक १८५९ मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । गौतमले १८१२ मत ल्याएर विजयी भएकी हुन् ।

अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष समेत हुन् भने एलिसा इन्जिनियर हुन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध भइसकेका थिए ।

ओली सबैभन्दा जेठा, महेश कान्छा

नेकपा एमालेको नयाँ नेतृत्व पङ्तिमा अध्यक्ष केपी शर्मा ओली उमेरले पनि सबैभन्दा जेठा रहेका छन् । उनी ७४ वर्षका भए ।

ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल ७२ वर्षका हुन् । महासचिवका दुई प्रतिस्पर्धीहरू भने तुलनात्मकरूपमा कम उमेरका थिए । ६३ वर्षीय शंकर पोखरेल विजयी बन्दा ६७ वर्षीय सुरेन्द्र पाण्डे पराजित भए ।

एमालेको नयाँ पदाधिकारी टीममा अधिकांश ६० वर्षभन्दा माथिकै नेताहरूको बाहुल्यता छ । १९ सदस्यीय पदाधिकारीमध्ये ५ जनामात्रै ६० वर्षभन्दा कम उमेरका छन् । जसमध्ये सबैभन्दा कान्छा महेश बस्नेत हुन् । ५१ वर्षीय बस्नेत सचिवमा निर्वाचित भएका छन् ।

पराजित भएकालाई पनि पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा पार्टी विभाजन नहुने प्रस्ट पारेका छन्।

उनले भने, ‘लोकतान्त्रिक अभ्यास गरेपछि एउटा पक्षले जित्यो, अर्कोले हार्‍यो भनेर प्रचार गरिन्छ। हामीले गरेको अन्तरपार्टी लोकतन्त्रको अभ्यास हो। यो कुनै विभाजन गरेको होइन। यो अभ्यासले हाम्रो पार्टीको आन्तरिक एकतामा कहीँ कतै पनि प्रभाव पर्दैन।’

पराजित भएकाहरूलाई पनि पार्टीले उपयुक्त जिम्मेवारी दिएर काममा लगाउने बताए।

मेरो संलग्नता र सहभागिता अटुट

नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिस्पर्धामा यसपटक आफू विजयी बन्न नसके पनि मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु ।’

उनले भनेका छन्, ‘महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।’

नवयुवाहरूको भावनाअनुसार अघि बढ्छौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।

उनले भने, एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर नवयुवाको भावना अनुसार विकास र समृद्धिको आकाङ्क्षालाई अगाडि बढाउँछौँ। विकास र समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ।

८ जनाको डेब्यू

यसपटक एमालेको पदाधिकारीमा ८ जनाले डेब्यू गरेका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी टिममा इन्ट्रि गरेका छन् ।

जसमा भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत छन् । उनीहरू सबै पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् ।

एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी

नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाएका छन् ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले ।

गोकुल केन्द्रीय सदस्यमा निर्वाचित

नेकपा एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था छ ।

सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने ११९५ मतका साथ विजयी भएका हुन् ।

रामकुमारीले कति ल्याइन् भोट ?

महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किएकी नेता रामकुमारी झाक्रीले केन्द्रीय सदस्य जितेकी छन्।

उनले १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्।

२२ सय ६३ जनप्रतिनिधिले चुन्ने निर्वाचनमा झाक्रीले १९ सय ११ मत पाएकी छन्। उनी समाजवादीमा जानुअघि एमालेमै थिइन्।

उपाध्यक्षमा उम्मेदवारी नदिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा कति ल्याए मत ?

नेकपा एमालेको ११ औं महाधिवेशनबाट प्रदीप ज्ञवाली केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

उनलाई केपी शर्मा ओली पक्षबाट उपाध्यक्षका उम्मेदवार बनाउने भने पनि उनले महासचिवभन्दा अरू पदमा नउठ्ने अडान राखेका थिए।

त्यसपछि ज्ञवालीले पदाधिकारीका कुनै पनि पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए।

केन्द्रीय सदस्यमा ज्ञवालीले १९ सय ४२ मत ल्याएका छन्।

postmandu

Recent Posts

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 days ago

रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…

1 month ago

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति…

1 month ago

हर्कलाई तनाब

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण…

1 month ago

बालेन सरकारमा १८ मन्त्री, कसले छान्छ ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

1 month ago

रवि लामिछानेलाई के भएको हो ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्वस्थ (बिरमाी)…

1 month ago