६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो ।
नाबालिकालाई आफ्नो समस्या बताएपछि जाँच गर्दा गर्भ बसेको पाइएको स्रोतले बतायो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।
ती नाबालिकालाई स्पामा नधन्दामा लगाउनेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिएको छ ।
खाजाघर, गेस्टहाउस, स्पाहरुमा नाबालिकालाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो ।
सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एण्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपीश्चम गेष्टहाउसबाट आठ नाबालिकाको उद्दार गरेको थियो ।
नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । जसमा सिन्धुलीको दुधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् ।
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…