Categories: TOP NEWS

यौनधन्दामा नाबालिकाको प्रयोग, एक गर्भवती

६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो ।

नाबालिकालाई आफ्नो समस्या बताएपछि जाँच गर्दा गर्भ बसेको पाइएको स्रोतले बतायो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।

ती नाबालिकालाई स्पामा नधन्दामा लगाउनेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिएको छ ।

खाजाघर, गेस्टहाउस, स्पाहरुमा नाबालिकालाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो ।

सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एण्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपीश्चम गेष्टहाउसबाट आठ नाबालिकाको उद्दार गरेको थियो ।

नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । जसमा सिन्धुलीको दुधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् ।

postmandu

Share
Published by
postmandu

Recent Posts

T-20 विश्वकपका लागि २४ खेलाडी क्याम्पमा

६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप…

3 weeks ago

युवकको हत्यापछि बोरामा हालेर इनारमा फालियो शव

६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव…

3 weeks ago

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कप

६ पुष २०८२ आइतबार, काठमाडौं । पाकिस्तानले एसीसी यू१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ…

3 weeks ago

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक…

4 weeks ago

रिहानालाई नेपाली पानारोमा अवार्ड

२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र…

4 weeks ago

सन्दीपले BPL खेल्ने

२८ मंसिर २०८२ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले बङ्गलादेश…

1 month ago