Categories: SPORTS

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कप

६ पुष २०८२ आइतबार, काठमाडौं । पाकिस्तानले एसीसी यू१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६।२ ओभरमा १५६ रनमा अलआउट भयो ।

त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।

समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।

भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २(२ तथा कनिष्क चौहानले १ विकेट लिए ।

समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।

नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

postmandu

Recent Posts

T-20 विश्वकपका लागि २४ खेलाडी क्याम्पमा

६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप…

3 weeks ago

युवकको हत्यापछि बोरामा हालेर इनारमा फालियो शव

६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव…

3 weeks ago

यौनधन्दामा नाबालिकाको प्रयोग, एक गर्भवती

६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका…

3 weeks ago

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक…

4 weeks ago

रिहानालाई नेपाली पानारोमा अवार्ड

२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र…

4 weeks ago

सन्दीपले BPL खेल्ने

२८ मंसिर २०८२ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले बङ्गलादेश…

1 month ago