Categories: NEWS

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ ।

परिवारको सल्लाह र निर्णयअनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ।

नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उनले परिवारलाई गराएका थिए।

उनी चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन।

बाढी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ ।

टेकराज नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुन् । दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन् ।

postmandu

Recent Posts

लिग-२ का लागि टिम घोषणा: कुशल भुर्तेल बाहिरै

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…

1 week ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

3 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

3 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

3 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago