६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले पुस ७ गतेबाट सुरु हुने क्याम्पका लागि २४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्याम्पमा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम लगायतले चान्स पाएका छन् ।
टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण के सी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेश कुमार सिंह छन् ।
क्यानले केही दिनमा विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्नेछ ।
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…