सन्दीपले BPL खेल्ने

२८ मंसिर २०८२ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।

सन्दीप राजशाही वारियर्स टीममा अनुबन्धित भएका हुन् ।

राजशाही वारियर्सले सन्दीपलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेको छ ।

बीपीएलमा यसअघि सन्दीपले सिल्हेट सिक्सर्स टीमबाट प्रतिनिधित्व गरेका थिए ।

आगामी संस्करणको बिपिएल यही डिसेम्बर २६ देखी सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *