मधेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्रको नाम सिफारिस

२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ ।

सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा सुमित्रालाई हटाइएको हो ।

आइतबार मधेश प्रदेश प्रमुख सुमित्रालाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए ।

तर सुमित्रा आफू बिरामी भएको भन्दै जनकपुरबाट काठमाडौं हिँडेको बताएकी थिइन्। तर सुमित्राले बर्दिवासको एक होटलमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् ।

यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो ।

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए ।

प्रदेश सांसद तथा दलका कार्यकर्ताले प्रदेश प्रमुख बस्‍ने आवास र मुख्‍यमन्त्रीको कार्यकषमा तोडफोड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *