Categories: SPORTS

पुरुष फुटबल टिमको प्रशिक्षकमा हरि खड्का

१४ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डिरेक्टर हरि खड्का आफैँ नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

एन्फाले शुक्रबार खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले आसन्न एएफसी एसियन कप छनोटका खेललाई मध्यनजर गर्दै खड्कालाई नै प्रशिक्षक बनाएको हो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ ।

उक्त खेलका लागि खड्कालाई प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

यस्तै नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

खड्का नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक समेत हुन् ।

पुरुष टिममा भने उनी यसअघि सहायक प्रशिक्षक थिए ।

खड्का पहिलो पटक पुरुष टिमको मुख्य प्रशिक्षक बनेका हुन् ।

एसियन कप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक आवश्यक पर्ने भएपनि एन्फाले भने एएफसी ए लाइसेन्स भएका प्रशिक्षक नियुक्त गरेको हो ।

नेपालमा अहिले प्रो लाइसेन्स प्राप्त कुनै पनि प्रशिक्षक छैनन् ।

admin

Recent Posts

लिग-२ का लागि टिम घोषणा: कुशल भुर्तेल बाहिरै

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…

17 hours ago

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

3 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago