Categories: SPORTS

T20 Worldcup खेल्ने टीमको टुंगो

आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी २० विश्वकप खेल्ने सबै २० टीमको टुंगो लागेको छ । ओमानमा जारी पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा भएको हो ।

आज भएको म्याचमा यूएईले जापानलाई हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । नेपाल र ओमानपछि यूएईले स्थान बनाएको हो ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपमा आयोजकको रुपमा भारत र पाकिस्तानले स्थान बनाएका हुन् । सन् २०२४ मा भएको टी–२० विश्वकपमा शीर्ष–७ मा रहेका टोलीले पनि स्वत स्थान बनाइसकेका छन् ।

जसमा दक्षिण अफ्रिका, अष्टे«लिया, इग्ल्याण्ड, अफगानिस्तान, बंगलादेश, वेष्ट इन्डिज र अमेरिका छन् ।

आईसीसीको टी–२० को शीर्ष वरियतामा रहेका तीन देश पाकिस्तान, न्यूजिल्याण्ड र आयरल्याण्डले पनि विश्वकपको टिकट काटिसकेका छन् । बाँकी ८ टोलीले भने विभिन्न छनोट पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् ।

अमेरिका क्षेत्र छनोटबाट क्यानडा, युरोप क्षेत्र छनोटबाट इटाली र नेदरल्यान्डस्, अफ्रीका क्षेत्र छनोटबाट नामिबिया र जिम्बाब्बे विश्वकपमा पुग्दा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमन र युएईले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

admin

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago