Categories: ENTERTAINMENT

आमा बन्दै कटरीना

बलिउड अभिनेत्री कटरीना कैफ चाँडै नै आमा बन्ने भएकी छिन्।

पहिलो पटक बुबा बन्न लागेका अभिनेता विक्की कौशल बुबा बन्न निकै उत्साहित छन्।

हालै एक युवा कन्क्लेभमा पुगेका विक्कीले पहिलो पटक यो नयाँ सुरुवातबारे बोलेका छन् र कटरीनाको डेलिभरी चाँडै हुने सङ्केत दिएका छन्।

विक्की कौशललाई बुबा बन्नका लागि सबैभन्दा बढी कुन कुराको प्रतीक्षा गरिरहनुभएको छ भनेर सोध्दा उनले भने- ‘सिर्फ बुबा बन्ने कुराको, मलाई लाग्छ यो धेरै ठुलो आशिष् हो। निकै उत्साहजनक समय छ। बस, हुन मात्रै बाँकी छ।’ उनले घरबाट बाहिरै ननिस्कने कुरा पनि जोडे।

कटरीना र विक्कीले सेप्टेम्बर २३ मा अभिभावक बन्न लागेको घोषणा गरेका थिए। उनीहरूले एक सुन्दर तस्बिर साझा गर्दै लेखेका थिए, ‘खुसीले भरिएका हृदयहरू र आभारका साथ हामी आफ्नो जीवनको सबैभन्दा सुन्दर अध्याय सुरु गर्न गइरहेका छौँ।’

मिडिया रिपोर्टहरूमा कटरीनाको डेलिभरी अक्टोबरको मध्यमा हुन सक्ने दाबी गरिए पनि, दम्पतीले डेलिभरी मितिबारे कुनै आधिकारिक जानकारी दिएका छैनन्।

admin

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago