Categories: ENTERTAINMENT

टेलर स्विफ्टको एल्बमले रच्यो इतिहास

अमेरिकी पप गायिका टेलर स्विफ्टले आफ्नो १२औं स्टुडियो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ मार्फत आधुनिक सङ्गीत इतिहासमै सबैभन्दा ठूलो रेकर्ड राख्न सफल भएकी छिन् ।

एल्बम रिलिज भएको पहिलो हप्तामै अमेरिकामा ४० लाख २ हजार युनिट विक्री भएपछि यो रेकर्ड बनेको हो ।

डेटा विश्लेषण कम्पनी लुमिनेट‍का अनुसार सन् १९९१ मा ट्र्याकिङ सुरु भएयता पहिलो हप्ताको यो सबैभन्दा ठूलो विक्री हो । यससँगै यसअघि कामय भएको एडेलेको यो रेकर्ड तोडिएको छ ।

सन् २०१५ मा एडेलेको एल्बम ‘२५’ पहिलो हप्तामा ३३ लाख ७८ हजारप्रति विक्री भएको थियो ।

त्यस्तै बिलबोर्डमा पनि स्विफ्टले नयाँ रेकर्ड बनाएकी छिन् । नयाँ एल्बमको सफलतासँगै स्विफ्ट बिलबोर्ड २०० मा १५ वटा नम्बर १ एल्बमसहित सर्वाधिक नम्बर १ एल्बम हुने एकल कलाकार बनेकी छिन् ।

यसअघि उनी ड्रेक र जे-जीसँग १४-१४ नम्बर १ एल्बमको साथ बराबरीमा थिइन् । अब उनी द बिटल्स (१९ नम्बर १ एल्बम) भन्दा मात्रै पछि छिन् ।

admin

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

4 days ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago