रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।

रुकुमपूर्वबाट जलजला जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट खसेको हो ।

थवाङ गाउँपालिका–१ जलजलामा जिप करिब ८ सय मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ ।

उद्धार कार्य जारी छ ।

लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागीहरु जिपमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *