Categories: NEWS

रवि लामिछानेलाई के भएको हो ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्वस्थ (बिरमाी) भएका छन् ।

उनी घरमै बसेर आराम गरिरहेको प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ ।

चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो ।

उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो रोकिएको छैन ।

चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाव दिएका छन् ।

चुनावको धपेडीका कारण रवि बिरामी परेका हुन् ।

भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह हिजो लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन् ।

चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो ।

स्वकीय सचिव आचार्यका अनुसार नेताद्वयबीच वान टु वान कुराकानी भएको थियो ।

रास्वपाले पर्सीसम्म समानुपातिकमा पठाउने उम्मेदवारहरु छान्नुपर्ने छ ।

यस्तै, बालेन नेतृत्वको मन्त्रीपरिषदको पनि गृहकार्य गर्नुपर्ने छ ।

यी दुवै विषयमा रवि र बालेनबीच सामान्य छलफल भएको स्रोतले बताएको छ ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

5 days ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago