२४ माघ २०८२ शनिबार, काठमाडौं । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।
हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो ।
नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार नेपालमा छैन । श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।
निरौलाले भने, ‘उहाँहरु आइपुग्नुभएपछि मात्र आधिकारिक रुपमा घोषणा गर्ने पारिवारिक तयारी छ ।’
आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रम तय गरिने छ ।
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
थापाले बलिउड फिल्म र हिन्दी सिरिजहरुमा सकेत अभिनय गरेका छन् ।
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…