Categories: NEWS

बालेन सरकारमा १८ मन्त्री, कसले छान्छ ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको प्रारम्भिक आन्तरिक तयारीमा लागेको छ।

मन्त्री कसकसलाई बनाउने, मन्त्रिपरिषद् कति आकारको हुने र मन्त्री सांसदलाई नै बनाउने कि विज्ञलाई स्थान दिने लगायतका विषयमा आन्तरिक छलफल सुरु भएको नेताहरू बताउँछन्।

प्रधानमन्त्रीको विषयमा भने विवाद र शंकाउपशंका व्यक्त गरिराख्नै नपर्ने नेताहरूको भनाइ छ। चुनावअघि नै भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह (बालेन)लाई अघि सारिएकाले उनकै नेतृत्वमा नयाँ सरकार बन्ने रास्वपा महामन्त्रीसमेत रहेका दाङ २ बाट निर्वाचित सांसद विपिनकुमार आचार्यले बताए।

यसबीचमा बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा रास्वपाकै शीर्ष नेताहरूले दिएका गोलमटोल जवाफले आशंका बढाएको थियो।

विधानमा के छ ?

रास्वपा विधानको धारा ६६ को उपधारा ८ मा प्रतिनिधिसभा संसदीय दलको नेता निर्वाचन अगावै उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराएर छनोट गर्ने भनिएको छ। जसमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुने उल्लेख छ।

विधानमा भनिएको छ, ‘संघीय निर्वाचन अगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ।’

तर रास्वपा सहमहामन्त्री आचार्य बालेनलाई प्रधानमन्त्री बन्न कुनै पनि कुराले नरोक्ने बताउँछन्। विधानको प्रावधानलाई ‘बाधा अड्काउ फुकाउ’ विधिमार्फत संशोधन गरेर भए पनि बालेन नै प्रधानमन्त्री हुने उनले स्पष्ट पारे।

‘यलाई कसरी लिनुपर्छ भने पार्टीको पहिलो महाधिवेशन भइसकेको स्थिति छैन। अनि त्यो सन्दर्भमा पार्टीमा कुनै विधानमा केही कठिनाइ छन् भने पनि त्यसलाई त बाधा अडकाउ फुकाउदेखि लिएर धेरै कुरा त हामी सबै जनाले मिलाउने हो नि त’, उनी भन्छन्, ‘उद्देश्य के हो भने बालेनजी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीका उम्मेदवार हुनुहुन्थ्यो। पार्टीले अहिले १८२ सिट जितेको अवस्था हो र पार्टीका तर्फबाट उहाँ प्रधानमन्त्री बन्नका लागि जे जे गर्नुपर्ने छ त्यो कुरा चाहिँ पार्टीले गरेर उहाँलाई प्रधानमन्त्री बनाउँछ।’

बढीमा १८ सदस्य मन्त्रिपरिषद्

संविधानतः बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न पाउने प्रावधान छ तर यो आकार पनि ठूलो भएकाले यसलाई घटाउनुपर्ने सुझाव विभिन्न पक्षबाट विगतदेखि आइरहेका थिए।

यसैलाई मद्देनजर गरेर अब बन्ने सरकार बढी १८ सदस्यीय हुने रास्वपा नेताहरू बताउँछन्। रास्वपाले वाचामा पनि यो कुरा उल्लेख गरेको छ।

‘हामी अहिले छलफलमै छौँ तर बढीमा १८ कै सम्भावना छ। योभन्दा माथि जानुपर्ने स्थिति हुँदैन भन्ने हो’, रास्वपा सहमहामन्त्री आचार्यले भने।

रास्वपाको वाचापत्रमा विज्ञ मन्त्री बन्ने व्यवस्था गर्नुपर्ने कुरा पनि उल्लेख छ तर यसमा कानुनी बाधा रहेकाले तत्काललाई सांसदहरूबाटै मन्त्री बनाइने आचार्यले स्पष्ट पारे।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले मात्रै होइन, २०७९ देखि नै विज्ञ व्यक्तिलाई मन्त्री बनाउनुपर्छ भन्दै आएको हो। अहिलेको हाम्रो वाचा पत्रमा पनि हामीले हाम्रो सामर्थ्य पुगेका दिन त्यो चिज गर्ने भनेर स्पष्ट भनेका पनि छौँ’, उनले भने, ‘तर त्यससँगै त्यसका कानुनी पाटा पनि छन्। हामीले सोच्दैमा सबै कुरा हुन्छ भन्ने पनि छैन। अब अहिले त्यसका केही कानुनी पाटा नमिलाएसम्म त्यो सम्भव छैन।’

कसले छान्छ मन्त्री ?

केही दिनअघि मात्रै मन्त्री बन्न दौडधुप भइरहेको विषय उल्लेख गर्दै बालेननिकट रास्वपा नेता असीम शाहले बालेन आफैँले आफ्नो क्याबिनेटका सदस्य छनोट गर्ने बताएका थिए।

सहमहामन्त्री आचार्य भने मन्त्री एउटा मानक र सिद्धान्तमा आधारित भएर छानिने बताउँछन्। कोही व्यक्तिले नभई सर्वस्वीकार्य हुने गरी देशलाई सही दिशामा डोर्‍याउने व्यक्तिलाई रास्वपाले मन्त्री बनाउने उनी बताउँछन्।

‘म त जहिल्यै भन्ने गरेको छु विधि, पद्धति भनेर। त्यसकारण कसले गर्ने भन्दा पनि मलाई लाग्छ यो एउटा सार्वभौम मानक र सिद्धान्तमै बसेर गर्ने हो’, उनले भने, ‘जे होस् राष्ट्रिय स्वतन्त्र पार्टीले पठाउने मन्त्रीहरू देश र समाजले स्वीकार्ने र सही दिशामा लैजाने हुनुहुनेछ।’

postmandu

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago