Categories: NEWS

मुद्दैमुद्दा खेपेका एमाले भोलेन्टियर फोर्स कमाण्डरको यस्तो धम्की

५ मंसिर २०८२ शुक्रबार, काठमाडौं । एमालेले शुक्रबार निकै तामझामका साथ घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर नै सात वटा फौजदारी मुद्दा लागेका व्यक्ति रहेको खुलासा भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेसनल भोलेन्टियर्स फोर्स’को घोषणा गरेका थिए । जसको कमान्डर सिन्धुलीका श्रेष्ठ तोकिएका छन् ।

यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध रहेका श्रेष्ठ भोलेन्टियर्स फोर्सको जिम्मेवारी पनि उनै श्रेष्ठले पाएका हुन् ।

प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ ।

श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठ २०६३ देखि अपराध कर्ममा संलग्न भएका हुन् ।

२०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो ।

लोकेसन हेरेका छौं, घर-घर घेर्छौं

नेसनल भोलेन्टियर्स फोर्सका संयोजक पुष्पराज श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

उनले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभइ जहाँबाट पनि भिड्न तयार रहेको बताए ।

उनले भने-

-पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन ।

-हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं ।

-यो सरकारलाई म चुनौती दिन चाहन्छु- यदि सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं ।

-जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

1 week ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago