२ मंसिर २०८२ मंगलबार, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सार्वजनिक शान्ति विरूद्धको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो।
उनले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए।
पक्राउ पर्नुको खास कारण
दुर्गालाई पक्राउ गर्नुको कारण सोमबार दिउँसो भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बोलेको कुरा मुख्य कारण देखिएको छ।
उक्त पत्रकार सम्मेलनमा प्रसाईंले भदौ २४ गते नयाँबानेश्वरमा प्रहरीमाथि गरिएको दुर्व्यवहार, कुटपिट लगायत घटना ठिक रहेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिकै कारण उनलाई रातारात पक्राउ गर्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीले बताएका छन्।
दुर्गाले भनेका थिए- यिनलाई (प्रहरी) खोलामा खेदी खेदी त्यत्तिकै कुटेका हुन् त अस्ति। नांगै बनाएर खेदेका थिए नि ! यहाँ गेटमा आएर हाम्रो पर्चा पनि लिएर गएछन्। हाम्रो गेटमा आएर पर्चा लानुपर्ने कारण के छ ? यिनीहरूको महिनाको एक लाख तलब पुर्याउने भनेर म लागेको, यिनीहरूलाई अझै पुगेको छैन ।
दुर्गाले केही दिनयता प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतलाई चिढ्याउने अभिव्यक्ति समेत दिइरहेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…