Categories: NEWS

NPLको प्रसारण OTTमा, कति तिर्नुपर्छ पैसा ?

कात्तिक २७, २०८२ बिहिबार, काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करण ओटीटी (OTT) प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पहिलो संस्करण युट्युबबाट प्रत्यक्ष प्रसारण भएकोमा दोस्रो संस्करण भने ओटीटीमा शुल्क तिरेर हेर्नुपर्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले गरेको बोलपत्रमा भाग लिएर डिशहोमले प्रसारण अधिकार पाएको छ । डिशहोमको ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ मार्फत भारतबाहेकका सबै मुलुकमा एनपीएलको प्रत्यक्ष प्रसारण हुनेछ ।

ओटीटीले दर्शकबाट उठाउनसक्ने अधिकतम शुल्क पनि क्यानले तोकिदिएको छ । जसअनुसार नेपालका दर्शकले ३०० रुपैयाँ, मध्यपूर्वका देशमा ५०० रुपैयाँ र अन्य देशका लागि १० अमेरिकी डलर शुल्क तोकिएको छ ।

एप र वेबसाइटबाट लाइभ खेल विज्ञापनरहित हुने डिशहोमले जनाएको छ । डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ ।

दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गरी विश्वभरबाट सब्सक्रिप्शन लिन सक्नेछन् ।

साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । आईओएस (IOS) प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुनेछ ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

1 week ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago