२८ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् ।
उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।
राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।
निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको राजीनामा पत्रमा उल्लेख छ।
जनार्दनसँग नजिक, दल दर्ता !
सन्तोषले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग पटक पटक छलफल गर्दै आइरहेका थिए ।
सन्तोष जनार्दन शर्माको टिमसँग जोडिएको खबर पनि आइरहेको छ । उनीहरुबीच दल दर्ताको तयारीसमेत भएको छ ।
जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ दल खोल्न लागेका हुन् । यस दलमा सन्तोष परियार पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहनेछन् ।
माओवादी केन्द्र विघटनपछि जनार्दनले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए ।
कोको छन् अभियानमा ?
यो अभियानमा माओवादीका सुदन किराँती, राम कार्की लगायत नेताहरू छन् ।
यो टिमसँग विवेकशील पार्टीकी रञ्जु दर्शना पनि संवादमा छिन् । यस्तै, डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि जोडिनसक्ने बुझिएको छ ।
रास्वपाले दियो शुभकामना
रास्वपा प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन्।
प्रवक्ताले भनेका छन्- राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा जानकारी गराउनुभयो। आगामी यात्राको लागि उहाँलाई शुभकामना।
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…