Categories: NEWS

मधेस : बिरामी प्रमुख, ब्याक डेटमा मुख्यमन्त्री, होटलमै सपथ

२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै हिजो २३ गते (आइतबार) बिहानै काठमाडौं जान्छु भनेर हिँडिन् । उनी बिहान चार बजेतिर मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंतर्फ जाने भनेर हिँडेकी हुन् । उनलाई मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।

दबाबमा प्रदेश प्रमुख

सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भए लोसपा नेता जितेन्द्र सोनल ।

जितेन्द्रले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते पदबाट राजनीनामा दिए ।

प्रदेश प्रमुख भण्डारीले उनको राजिनामा स्वीकृत गरिन् । तर नयाँ सरकार गठनका लागि आह्वान गरिनन् ।

उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेतालाई लाग्यो ।

यही शंकाले गठबन्धनका नेता-कार्यकर्ताले आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरे । शनिबार बेलुकी नै गठबन्धनका नेताहरुले प्रदेश प्रमुख सुमित्रालाई भेटेर छलफल गरे ।

एमालेका सरोज मुख्यमन्त्रीमा नियुक्त

प्रदेश प्रमुख सुमित्राले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् ।

सुमित्राले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता सरोजकुमारलाई मुख्यमन्त्रीमा नियुक्त गरिन् । सरोजकुमारलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

अस्वस्थ भएर काठमाडौं जान्छु भनेर हिँडेको केही समयमै प्रदेश प्रमुख सुमित्राले एमालेका सरोजकुमारलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भयो ।

प्रदेश प्रमुखले बर्दिबासको होटल पानसमा कात्तिक २३ गतेको मितिमै सरोजलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाइन् ।

यो घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सोनलले ‘प्रदेश प्रमुखले मधेशको अस्मिता समाप्त पार्ने खेल खेलेको’ आरोप लगाए ।

ब्याक डेट’मा नियुक्त मुख्यमन्त्रीले होटलमा लिए शपथ

रातारात नियक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटलमै शपथ लिए ।

प्रदेश प्रमुख सुमित्राले सरोजलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराइन् ।

तीन पार्टीबाट एक-एक मन्त्री

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भयो ।

मुख्यमन्त्री सरोजको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

बिच्छालाई फिर्ता हुन राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् ।

हाम्रो अहिले त्यस प्रकारको सरकारमा सामेल हुने कुनै कार्यक्रम नभएको र पार्टीको सहमतिबेगर भएकाले तत्काल फिर्ता हुन अध्यक्ष राजेन्द्रले निर्देशन दिएका छन् ।

निन्दनीय काम : कांग्रेस

नेपाली कांग्रेसले मधेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री नियुक्त भएको घटनालाई निन्दनीय भनेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने- मधेश प्रदेशमा भएको अ-राजनीति दु:खद छ, नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।

एमालेभित्रै असन्तुष्टि

मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा एमाले भित्रै असन्तोष देखिएको छ ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएका थिए ।

यस घटनाबारे प्रदेशमा अधिकांश सांसद अनभिज्ञ हरिनारायणले बताए । उनले भने- यो घटनाबारे ४-५ जना माननीयजी बाहेक अरु कसैलाई जानकारी छैन । घटनबारे दलमा बसेर छलफल गर्छौं ।

मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्वित छन् ।

दलहरु सर्वोच्च जाने

आज बिहान बसेको एमाले बाहेकका दलहरुको बैठकले सरकार गठन प्रक्रियाविरुद्ध कानुनी उपचारसँगै आन्दोलनमा जाने निर्णय गरेको छ ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

1 week ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago