Categories: NEWS

मधेशलाई स्वायत्त घोषणा गरौं : सीके

२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा. राउतको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

सिकेले भनेका छन्-

-मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।

-अब स्वायत्तताको आन्दोलनको उदघोष जरूरी छ ।

-नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।

-मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं ।

-डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं ।

-संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।

-अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।

-५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।

-सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उदघोष जरूरी छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

1 week ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago