Categories: NEWS

कुलमानको पार्टी उज्यालो नेपाल, चुनाव चिह्न के ?

२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने सहमति भएको छ ।

यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने विषयमा छलफल भएको थियो ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको छ ।

पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ रहनेछ ।

तत्कालको लागि पार्टीमा कोही पदाधिकारी नहुने बताइएको छ ।

अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी हुने छ ।

सम्भव भएसम्म आजै नभए भोलि मंगलबार पार्टी दर्ता हुनेछ ।

सुमना श्रेष्ठ, सागर ढकाल, सुधन गुरुङ, रञ्जु दर्शनालगायत अन्य पदाधिकारी अर्को चरणमा जोडिने छन् ।
postmandu

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

1 week ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago