पूर्वएआईजी विश्वराज रास्वपा प्रवेश, रविमाथि यस्तो टिप्पणी
१२ मंसिर २०८२ शुक्रबार, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
विश्वराजले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए ।
उनले भने
-नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ, कुनै पनि विषयमा बोल्न डराउँदिनँ ।
-रास्वपा सभापतिमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।
-परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक छ ।
२४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको समेत उनले बताए ।