Categories: NEWS

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति देशभरबाट व्यक्त भएको समवेदनाले नेपाली समाजको मानवीयता, सभ्यता र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको महेश बस्नेतले बताएका छन्।

नेकपा एमालेका सचिव महेशले शोकको यस कठिन घडीमा विभिन्न दलका नेता, सर्वसाधारण तथा जनमानसले व्यक्त गरेको समवेदनाले नेपाली समाज कति उदार र सहृदयी छ भन्ने देखाएको उल्लेख गरेका छन्।

उनले विशेषगरी रवि लामिछाने, गगन थापा, पुष्पकमल दाहाल लगायतका नेताहरूले प्रकट गरेको समवेदनाप्रति धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै, बालेन शाहले “पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ” भन्दै दिएको मर्मस्पर्शी समवेदनाले नेपाली समाजमा दुःखमा साथ दिने संस्कार अझै बलियो रहेको सन्देश दिएको महेशले बताएका छन्।

बालेनको समवेदनाले बालनेको कट्टर आलोचक रहेका महेश समेत भावुक भएका छन् ।

उनका अनुसार अरूको पीडामा आफूलाई देख्ने नेपालीपनले हाम्रो समाज कति उदार र मानवीय छ भन्ने स्पष्ट पार्छ।

महेशले सामाजिक सञ्जाल फेसबुकमा स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै केपी ओली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

postmandu

Recent Posts

लिग-२ का लागि टिम घोषणा: कुशल भुर्तेल बाहिरै

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…

17 hours ago

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

3 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago