Categories: NEWS

५ लाख २० हजार धरौटीमा छुटे तेन्जिङ

२३ मंसिर २०८२ मंगलबार, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् ।

प्रहरीद्वारा विभिन्न तीन अभियोग सहित काठमाडौं जिल्ला अदालतमा पेश गरिएका दावालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने, लिखतसम्बन्धी र नागरिकता तथा राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रहरीले उनीबाट गाँजा पनि बरामद गरेको थियो । टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

भदौ २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै दावा सम्मिलित समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ ।

आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबैं सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ ।

हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको प्रहरीलाई बताएका थिए ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

5 days ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago