Categories: NEWS

५ लाख २० हजार धरौटीमा छुटे तेन्जिङ

२३ मंसिर २०८२ मंगलबार, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् ।

प्रहरीद्वारा विभिन्न तीन अभियोग सहित काठमाडौं जिल्ला अदालतमा पेश गरिएका दावालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने, लिखतसम्बन्धी र नागरिकता तथा राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रहरीले उनीबाट गाँजा पनि बरामद गरेको थियो । टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

भदौ २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै दावा सम्मिलित समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ ।

आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबैं सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ ।

हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको प्रहरीलाई बताएका थिए ।

postmandu

Recent Posts

T-20 विश्वकपका लागि २४ खेलाडी क्याम्पमा

६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप…

3 weeks ago

युवकको हत्यापछि बोरामा हालेर इनारमा फालियो शव

६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव…

3 weeks ago

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कप

६ पुष २०८२ आइतबार, काठमाडौं । पाकिस्तानले एसीसी यू१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ…

3 weeks ago

यौनधन्दामा नाबालिकाको प्रयोग, एक गर्भवती

६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका…

3 weeks ago

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक…

4 weeks ago

रिहानालाई नेपाली पानारोमा अवार्ड

२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र…

4 weeks ago