Categories: NEWS

प्रविधिको माध्यमबाट लैंगिक हिंसा : न्युनीकरण गर्न सचेतना जरुरी

२१ मंसिर २०८२ आइतबार, काठमाडौं । प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसालाई न्युनीकरण गर्न राज्य र समाजले विशेष भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

‘प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसाको किशोरीहरुमाथिगको प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै सरोकारवालाले प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मिडिया एडभोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले प्रविधिको माध्यमबाट हुने हिंसा बढेको बताइन् । उनले यसलाई रोक्नका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन तर्जुमा दुबै आवश्यक देखिएको बताइन् ।

‘हाम्रोमा अहिले जे जति कानुन छन्, त्यसलाई नै कार्यान्वयनमा ल्याइएको छैन । यसलाई कार्यान्वयनमा ल्याउँदा पनि प्रविधिको माध्यमबाट हुने हिंसालाई केही हदसम्म कम गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर समग्रमा यस समस्यालाई न्युनीकरण गर्न साइबर कानुन तर्जुमा गर्नुको विकल्प छैन ।’

सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्वल आचार्यले प्रविधिको माध्यमबाट हुने हिंसाका विषयमा समाजमा सचेतना फैलाउन पनि जरुरी रहेको बताए । ‘कतिपय अवस्थामा प्रविधिको माध्यमबाट हिंसा भइरहेको पनि मानिसलाई थाहा हुँदैन । तर उसले भोगिरहेको हुन्छ,’ उनले भने,‘प्रविधिले हाम्रो समाजमा भइरहेका विकृतिहरुलाई थप बढावा दिएको छ । तर महिला हिंसा होस् वा अन्य हिंसा यो सबै प्रविधिकै उपज भने होइन । यो हाम्रो समाजभित्रै प्रवृत्ति हो र यसलाई कम गर्न हामी आफैं सक्रिय हुनुपर्छ ।’

विद्यमान कानुनमै टेकेर पनि प्रविधिको माध्यमबाट समाजमा घटिरहेका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न सकिने उनले बताए । ‘सबै कुरामा साइबर कानुन चाहिन्छ भन्ने होइन । धेरै कुराहरु अहिलेकै कानुनले पनि सम्बोधन गर्नसक्छ । जस्तो, यौन उत्पिडनमा कानुन छ , अब डिजिटल माध्यमबाट उत्पिडन गर्नेलाई यो कानुन आकर्षित नहुने भन्ने हुँदैन । तर राज्यले सक्रियता देखाउनुपर्यो ।’

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाजमा भैरहेका महिला हिंसाका घटनामा पत्रकारले विशेष रिपोर्टिंग गर्न आवश्यक रहेको बताए । ‘यस्ता घटनामा विभिन्न खोजी भइरहेका छन् । तर, त्यसमा आधारित रहेर जति समाचार बन्नुपर्ने थियो । त्यो बनेको देखिन्न । यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ । किनकी मिडयामा आएपछि मात्रै समाजमा नयाँ बहस सुरु हुन्छ ।’

वातावरणीय कृषि तथा विकास केन्द्र (सीएइडी) ले आयोजना गरेको कार्यक्रममा सिएइडीकी अध्यक्ष समिता प्रधानले सबै सरोकारवाला मिलेर लैगिंक हिंसालाई न्युनीकरण गर्न जरुरी रहेको बताइन् । यसमा मिडियाको भूमिका महत्वपूर्ण रहने उनले बताइन् ।

postmandu

Recent Posts

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

5 days ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 weeks ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 weeks ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

3 months ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

3 months ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 months ago