Categories: NEWS

बल्खुमा महानगरको डोजर

११ मंसिर २०८२ बिहीबार, काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहरा महानगरले भत्काएको छ ।

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडित सुकुमवासीहरूले बनाएका अस्थायी टहरामाथि काठमाडौं महानगरपालिकाले बिहीबार डोजर चलाएको हो ।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् ।

महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । ती अस्थायी संरचनाका कारण विद्यालय सञ्चालनमा बाधा पुगेको महानगरको भनाइ छ ।

महानगरभित्र बनेका अनधिकृत संरचना हटाउने निरन्तर अभियान अनुसार नै बल्खु क्षेत्रमा बनाइएका अतिक्रमित टहराहरू भत्काइएको महानगरले जनाएको छ ।

postmandu

Recent Posts

लिग-२ का लागि टिम घोषणा: कुशल भुर्तेल बाहिरै

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…

2 weeks ago

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

4 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

4 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

3 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

3 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago