७ मंसिर २०८२ आइतबार, काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् ।
बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ ।
एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो ।
उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आइतबार दिउँसो आफ्नै घरको भर्याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।
इन्टरनेटको वायर गाँसेर खनियाले पासो लगाएको प्रहरीको भनाइ छ । पत्नी र छोरी घर बाहिर निस्किएको बेला उक्त घटना भएकव हो ।
तर, घटनास्थलबाट हालसम्म कुनै सुसाइडनोट फेला परेको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…