२१ कात्तिक २०८२ शुक्रबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्री भएपछि मात्रै पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जेनजीको आन्दोलनपछि गठित अन्तरिम सरकारमा मन्त्री बनेका महावीरले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतदानमा सहभागी हुनका लागि पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
महावीरले जिल्ला निर्वाचन कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको कार्यालयमा पुगेर मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएका हुन् ।
मतदाता नामावली दर्ता गर्न १६ वर्षकै उमेरमा पाउने र १८ वर्ष पुगेपछि मतदानको अधिकार भए पनि पुनले ७० वर्ष उमेर पुगेपछि, त्यो पनि मन्त्री बनेपछि मात्रै मतदाता नामावली दर्ता गराएका हुन् ।
मतदाता नामावली दर्ता गर्दै शिक्षामन्त्री पुनले भनेका छन्-
-आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो ।
-१८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीलाई अल्छी नगरीकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।
-भगवान् कसम ! बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन ।
-यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसक्यो । लौ त भाइबहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।
-उनको मतदान केन्द्र चिनवतको राप्ती नगरपालिका-८ मा रहेको बज्रहठ्ठी आधारभूत माध्यमिक विद्यालय रहेको छ ।
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…