Categories: NEWS

थपिए दुई मन्त्री

९ कात्तिक २०८२ आइतबार, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो ।

खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो ।

सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।

पहिलो निर्णय

मन्त्री डा. सुधाले पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।

भ्रष्टाचार भएको सुन्न नपरोस्

डा. सुधाले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् ।

खेलकुदमन्त्रीको पहिलो निर्णय

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

बब्लु अन्तरिम सरकारका जेनजी मन्त्रीसमेत हुन् ।

admin

Recent Posts

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

7 days ago

रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…

1 month ago

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति…

1 month ago

हर्कलाई तनाब

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण…

1 month ago

बालेन सरकारमा १८ मन्त्री, कसले छान्छ ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

1 month ago

रवि लामिछानेलाई के भएको हो ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्वस्थ (बिरमाी)…

1 month ago